
काठमाडौँ। भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पु¥याउनेविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान शुरु गरिएको छ ।
जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान शुरु गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पु¥याएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगर–११ बस्ने पर्वत बिहादी गाउँपालिका–३ का २८ वर्षीय सन्तोष पराजुली र गोरखा भीमसेनथापा गाउँपालिका–४ घर भएका २२ वर्षीय परिन पाण्डे छन् ।
प्रवक्ता आचार्यले भन्नुभयो, “आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रूपमा पहुँच पु¥याई भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नुपर्ने राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गर्ने कार्यमा संलग्न अभियोगमा उनीहरूलाई भरतपुर महानगरपालिका–३ स्थित बिहादी बिजनेस म्यानेजमेन्ट कार्यालयबाट विभिन्न विद्युतीय उपकरणहरुसहित गत शनिबार पक्राउ गरिएको हो ।”
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरुले आन्तरिक राजस्व कार्यालयको एकीकृत कर प्रणाली सूचनामा पहुँच पु¥याई भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने रु दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार आठ सय १६ को राजस्व कर दायित्व रु छ करोड २६ लाख ९४ हजार १९ लाई परिवर्तन तथा हेरफेर गरी रु १३ करोड नौ लाख ५९ हजार छ सय नौ बनाएको प्रहरीको आरोप छ ।
करदातालाई बढी कर दायित्व सृजना हुनेगरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनधिकृत रुपमा प्रबिष्ट गर्ने कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रवक्ता आचार्यले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न