
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र निर्माण गर्ने काम पूरा भएको हो ।
निर्माणको काम शुरु भएको सात वर्षको अवधिमा पाँच किलोमिटर सडक कालोपत्र भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताउनुभयो । उहाँका अनुसार हालसम्म दैजी–लिप्ना सडकखण्डमा पाँच किलोमिटर कालोपत्रेका साथै नाली, कल्भर्ड र पर्खाल निर्माणको काम सकिएको छ । वर्षेनी बर्खामा पहिरोले सडक भत्किने गरेकोले निर्माणमा ढिलाइ हुने गरेको उहाँको भनाइ छ ।
‘लिप्नामा पहिराले सडक अवरुद्ध हुने गरेको छ । बनाएको संरचना बर्खामा पहिरोले भत्काउने गरेको छ’ उहाँले भन्नुभयो, ‘त्यसैले निर्माणको काममा केही ढिलाई भइरहेको हो ।’
उहाँका अनुसार हाल पनि निर्माणको काम जारी नै रहेको छ । विसं २०७४ वैशाख ८ मा नागार्जुन कन्स्ट्रक्सनसंग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पटक पटक म्याद थप हुँदा पनि दैजी–लिप्प्ना सडकखण्डको पूर्णता नपाएको हो ।
पछिल्लो पटक विसं २०८२ असार मसान्तसम्म निर्माणको म्याद थप गरिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार २१ करोड २६ लाख रुपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो ।
दैजी–लिप्ना कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबूढा जोड्ने सडकको एक खण्ड हो । पूर्णरुपमा कालोपत्र नभए पनि दैजी–लिप्ना कच्ची सडकमा जोखिम मोलेर स्थानीय ओहोरदोहोर गर्न बाध्य छन् ।
दैजी–लिप्ना सडकले डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकालाई छोटो दूरीमा तराईसँग जोडेको छ । ‘वर्षौ भइसक्दा पनि अहिलेसम्म सडक कालोपत्र हुन सकेको छैन । कच्ची बाटोबाटै जोखिम मोलेर यात्रा गर्नु परेको छ’ परशुराम नगरपालिका–९ का दिनेश बोहराले भन्नुभयो– ‘वर्खामा यात्रा नै गर्न सकिँदैन । हामी कालोपत्र सडक भएर आवातजावत कहिले गर्न पाउँला ?’ त्यो सडकबाटै पर्यटकीयस्थल वेदकोट ताल पनि पुग्न सकिन्छ ।
पर्यटकीय क्षेत्रसमेत जोड्ने दैजी–लिप्ना खण्ड कालोपत्र भए आवतजावतमा सहजता थपिने स्थानीयको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव