
चितवन । संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका – १० बाट पक्राउ गरेको हो । अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ ।
उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम कारबाही हुने सूचना अधिकारी थापामगरले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो