
झापा। शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिनुभयो ।
“स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो”, उहाँले भन्नुभयो, “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ ।”
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र स्थानीय प्रहरीसँग मिलेर नगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको बताउनुभयो ।
भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको घोलमा डुबाउने गरिएको गुनासो आएको जनाउँदै उहाँले त्यसलाई रोक्न मरेका माछा बिक्रीमा कडाइ गरिएको बताउनुभयो । नगरपालिकाले हानिकारक रसायन फर्मालिन प्रयोग गरेको र मरेका माछा बिक्री भएको थाहा भएमा नगरपालिकामा तत्काल खबर गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
पाँच वर्षअघि झापाको बिर्तामोड नगरपालिकाले फर्मालिन रसायनको प्रयोग भएका माछाको बिक्री वितरणमा रोक लगाइसकेको छ । झापामा माछापालन उत्साहजनक रहेको र स्थानीय उत्पादनले नै खपत धान्ने भएकाले भारतबाट आयातित मरेका माछाको बिक्रीमा रोक लगाउनु पर्ने उपभोक्ताले माग गर्दै आएका छन् । उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष शालिकराम भट्टराईले फर्मालिन रसायनको प्रयोग मानव स्वास्थ्यका दृष्टिले अत्यन्त घातक भएकाले माछामा मात्र नभएर जुनसुकै खाद्यपदार्थमा यसको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले विर्तामोड र शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछाको बिक्री वितरणलाई रोक लगाउन गरेको निर्णय स्वागतयोग्य रहेको जनाउँदै पूर्ण कार्यान्वयनका लागि उपभोक्ता संस्थाका प्रतिनिधि र विज्ञको टोलीको सहयोगमा नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश