
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेको छ ।
प्रहरी महानिरीक्षक तथा सेनाद्वारा सञ्चालित स्वास्थ्य संस्थाका प्रमुखहरुसँग आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा पालो कुर्नुपर्ने अवस्था हुँदा सुरक्षा निकायका अस्पतालमा ‘अपरेसन वार्ड’ खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्यको प्रस्ताव गर्नुभएको हो ।
मन्त्री पौडेलले भन्नुभयो– ‘सङ्घीय अस्पतालमा ‘सिफ्ट’ थप्ने तथा अतिरिक्त समयमा काम गरी बिरामीको चाप व्यवस्थापन भइरहेको छ । सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा ‘रेफर’ गरेर कसरी उपचार दिन सकिन्छ, सहकार्य आवश्यक छ ।’ उहाँले स्वास्थ्य बिमा कार्यक्रम सुरक्षा निकायका अस्पतालमा प्रभावकारी बनाउनेबारे सुझाव दिनसमेत आग्रह गर्नुभयो ।
सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरी सरकारी अस्पतालको चाप व्यवस्थापनका लागि आवश्यक खाका तयार पार्न अतिरिक्त सचिव डा टङ्क बारकोटीको नेतृत्वमा गत साता मन्त्रालयले कार्यदल बनाएको छ ।
त्यसैगरी, मन्त्री पौडेलले आपत्कालीन अवस्थामा नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले सहयोग गर्न सेनासँग आग्रह गर्नुभयो । बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवर तथा सेनाका उच्च अधिकारीको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश