
भक्तपुर । मीनकुमारी राणा प्रतिष्ठानले समाजसेवी स्वर्गीय मीनकुमारी राणाको तेस्रो पुण्यतिथिमा प्रदान गरिने ‘प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी’ पुरस्कारका उपयुक्त पात्र छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कवीर राणाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
प्रतिष्ठानले हरेक वर्ष मीनकुमारी राणाको वार्षिक पुण्यतिथिमा तीन विधामा पुरस्कार र एक विद्यालयलाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानका महासचिव रवि राणाले जानकारी दिनुभयो । अध्यक्ष राणाको संयोजकत्वमा गठित समितिमा वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही र प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत हुनुहुन्छ भने सदस्य सचिवमा महासचिव रवि राणा हुनुहुन्छ ।
प्रतिष्ठानका अनुसार सबै पुरस्कारको राशि ५१ हजार १ रुपैयाँ छ । तेस्रो पुण्यतिथिका दिन दिवङ्गत मीनकुमारी राणाको प्रतिमा अनावरण तथा मीनकुमारी राणा मार्गको नामकरण गरिनेछ ।
पहिलो पुण्यतिथिमा वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ खेलाडी एवं बक्सिङ प्रशिक्षक मदन गुरुङलाई राष्ट्रपति डा रामवरण यादवबाट पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो पुण्यतिथिमा प्रजातन्त्र सेनानी सम्मानबाट पूर्वसांसद लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार किशोर नेपाल र वरिष्ठ बक्सिङ प्रशिक्षक प्रकाश थापामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गर्नुभएको थियो ।
यसअघि राणा परिवारले अध्ययन गरेको भक्तपुर सानोठिमीस्थित आदर्श माध्यामिक विद्यालयका जेहन्दार विद्यार्थीलाई प्रदान गर्नेगरी ५१ हजार १ रुपैयाँ पूर्वविद्यार्थी समाजका अध्यक्ष वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेललाई हस्तान्तरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश