
मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताउनुभएको छ ।
न्यू सृष्टि दैनिकको १४औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राख्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो– ‘सञ्चारकर्मी र कलाकारले देशका विभिन्न जातजातिबीच राष्ट्रिय एकतालाई प्रबद्र्धन गर्ने गरी काम गर्नुपर्छ ।’
उहाँले मुलुकमा सुशासन, विभेदको अन्त्य, न्याय र आर्थिक सङ्कट अन्त्यगरी समृद्धि ल्याउन सबै राजनीतिक दलहरुको जिम्मेवार हुनुपर्नेमा समेत जोड दिनुभयो ।
अध्यक्ष दाहालले वर्तमान अवस्थामा सामाजिक सञ्जालका कारण छापा सञ्चारमाध्यमका अगाडि ठूलो चुनौती रहेको समेत उल्लेख गर्दै दैनिक पत्रिका निन्तरता रुपमा प्रकाशन गरिरहेकामा न्यू सृष्टिका प्रधान सम्पादक शङ्कर खरेलको प्रशंसा गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चारगृहले विकास निर्माणका समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । न्यू सृष्टि दैनिकका प्रधानसम्पादक एवं राष्ट्रिय समाचार समिति९रासस०का सञ्चालक समितिका सदस्य शङ्कर खरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सबैपक्ष क्रियाशील हुनु जरुरी रहेको उल्लेख गर्दै यसबाट नेपालीबीच एकता कायम हुने धारणा राख्नुभयो । त्यसअवसरमा उत्कृष्ट पत्रकारिताको पुरस्कार रासस मोरङ९बेलबारी०का विवेक मिश्रलाई प्रदान गरियो ।
अध्यक्ष दाहालले अभिनेता विजय बराल, अभिनेत्री नीता ढुङ्गाना, सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ, क्रिकेट खेलाडी ललित राजवंशी, ओलम्पिक विजेता पलिसा गोवद्र्धन, गायक एवं सङ्गीतकार बाबुल गिरी, नेपाली प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्का, जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्र साहलगायतलाई पुरस्कृत एवं सम्मान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश