+

प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई

काठमाडौँ । केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी  नायव  महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै