
काठमाडौँ । तारादेवी फाउन्डेशनले यस वर्षको ‘तारादेवी सम्मान’ ३ जनालाई प्रदान गर्ने भएको छ ।
संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाह (मरणोपरान्त), सङ्गीतकार सिके रसाइली र गायिका तीर्थकुमारीलाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिनुभयो । सम्मानका साथ ताम्रपत्र, दोसल्ला र जनही २५ हजार रुपैयाँ रहेको छ ।
विसं २०७४ मा स्थापितफाउन्डेशनले यसअघि १२ स्रष्टालाई सम्मान गरिसकेको छ । स्वर किन्नरी तारादेवीको स्मृति दिवसका दिन माघ ९ गते सम्मान दिइनेछ ।
१० वर्षको उमेरदेखि गीत गाउन थाल्नुभएकी गायिका तारादेवीले करिब ३ हजार ५ सय गीतमा स्वर र सङ्गीत दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश