
काठमाडौँ । लेखक तथा पत्रकार श्रीधर खनालको निधन भएको छ ।
पत्रकार खनालको ९४ वर्षको उमेरमा आज निधन भएको हो । ‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेख्नुभएका उहाँ २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम,नाङ्गिएकी सुन्दरी’ का कारण लोकप्रिय हुनुहुन्थ्यो ।
प्रकाशित शब्दभेदी लडाई, उहाँका लोकप्रिय जासुसी उपन्यासहरू हुन् भने ‘नमरी संसार देखिन्न, उल्लीबिल्ली, चट्याङचुटुङ’ हास्यव्यङ्ग्यका कृति पनि उत्तिकै लोकप्रिय रहेका उहाँका कृति सूक्ष्म रूपमा अध्ययन गर्नुभएका डा रमेशचन्द्र न्यौपानेले बताउनुभयो ।
तीसको दशकमा रमेशनाथ पाण्डेद्वारा सम्पादित तथा प्रकाशित ‘नयाँ सन्देश’ पत्रिकाको अन्तिम पृष्ठमा ‘विश्वामित्र नामबाट यौनप्रधान आख्यान पनि उहाँले लेख्नुभएका सम्झनुहुन्छ डा न्यौपाने । चौरासी वर्षको उमेरसम्म मोटरसाइकलमा हुँइकिन सक्ने उहाँले निर्भीक पत्रकारिता गर्नुभएको र उहाँका एकमात्र छोरा व्रजेश खनाल पनि युवापुस्तामाझ लोकप्रिय लेखकका रुपमा परिचित रहनुभएको डा न्यौपानेले बताउनुभयो ।
पारिवारिक स्रोतकाअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उहाँका छ जना छोरी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश