
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनको असर कम गर्दै हिमालको अस्तित्व र पहिचान जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ ।
आय आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ का अवसरमा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु-याउनुहुने व्यक्तित्वलाई सम्मान गर्दै उहाँले धनी मुलुकले गरिरहेको भौतिक विकासको प्रतिस्पर्धामा हामीसँग हिमाल जोगाउने चुनौती रहेको बताउनुभएको हो ।
‘हिमालको हिउँ पग्लँदै गर्दा हिमाल, पहाड र तराईमा मात्रै असर गर्दैन, यसले समुन्द्रसम्म र समग्र पृथ्वीमा असर गर्छ, त्यसैलै विश्वको पारिस्तिथिक प्रणाली जोगाउन पनि हिमाल बचाउनुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो । मन्त्री पाण्डेले मन्त्रालय यसका लागि सदैव तयार रहेको उल्लेख गर्दै हिमाल जोगाउन निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल भौतिक र पुरातात्विक संस्कृतिले धनी रहेको बताउँदै उहाँले सांस्कृतिक विविधताको सदुपयोग गर्दै पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘आज मुलुकको पर्यटन क्षेत्रको विकासमा योगदान पु-याउनुहुने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुशी लागेको छ’ मन्त्री पाण्डेले भन्नुभयो– ‘उहाँहरुले कोरेको पर्यटनको बाटोबाटै पर्यटन क्षेत्रको विकास सम्भव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश