
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आज भएको छलफलमा उहाँले अस्पतालले सेवा चुस्त र दुरुस्त राख्नुपर्ने बताउँदै सेवा शुल्क देखिने गरी टाँस्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो– ‘अस्पताललाई समृद्ध बनाउनु त छ नै, हामीले विशेष गरी निरोधात्मक क्षेत्रमा काम गर्न खोजिरहेका छौँ । रोग लाग्नै नदिन प्रयास गरिरहेका छौँ ।’
उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था ऐन, स्वास्थ्य सेवा ऐन र अस्पताल विकास समिति ऐन ल्याउने तयारी गरिरहेको छ । ‘सोह्रौँ योजनालाई समेटेर योजना बनाइरहेका छौँ । प्रक्रियागत जटिलताका कारण बजेटमा व्यवस्था भएका कतिपय कुरा पूरा हुन सकेको छैन’ उहाँले भन्नुभयो ।
छलफलमा सहभागी सांसद श्रीकृष्णप्रसाद अधिकारीले विभिन्न ठूला योजनाभन्दा पनि सुरुमा जनतालाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालको सेवा प्रवाहका बारेमा अनुगमन आवश्यक रहेको बताउनुभयो ।
सांसद पदमबहादुर परियारले वैकल्पिक चिकित्सा प्रणाली र योगध्यानलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी सांसद रेणु चन्दले सिंहदरबार वैद्यखानालाई व्यवस्थित बनाउनुपर्ने र यसका उत्पादनलाई बजारीकरणमा प्रोत्साहन गर्न सुझाव दिनुभयो ।
जनसङ्ख्या र रोग बढ्दै गइरहे पनि त्यहीअनुसार स्वास्थ्य जनशक्तिको उत्पादन र वितरण हुन नसक्नु अहिलेको चुनौती रहेको मन्त्रालयका सचिव डा रोशन पोखरेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव