
काठमाडौँ । थाइल्याण्डको मन्त्रिपरिषद्ले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि तोकिएका ‘मनोरञ्जन कम्प्लेक्स’मा जुवालाई वैधानिकता दिने विवादास्पद विधेयकलाई सोमबार अनुमोदन गरेको छ ।
प्रस्तावित कानूनले पर्यटन परिसरभित्र क्यासिनो स्थापना गर्न अनुमति दिनेछ जसमा थीम पार्क, वाटर पार्क, होटल र सपिङ मल पनि समावेश हुनेछन्।
छिमेकी कम्बोडिया, लाओस र म्यान्मारमा छायादार क्यासिनो कम्प्लेक्सहरू खुलेपनि बौद्ध बहुल थाइल्याण्डमा कन्जरभेटिभ शक्तिहरूले जुवालाई वैधता दिने कदमको लामो समयदेखि विरोध गर्दै आएका छन्।
लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनमा दक्षिणपूर्वी एशियाका क्यासिनो ‘संगठित अपराधले प्रयोग गर्ने बैंकिङ संरचनाका आधारभूत टुक्रा’ भएको चेतावनी दिएको थियो। हाल, थाइल्याण्डमा जुवा केही राज्यद्वारा संचालित घोडा दौड र आधिकारिक चिट्ठामा मात्र कानुनी मानिन्छ, तर अवैध सट्टेबाजी व्यापक छ।
प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले पत्रकारहरूसँग विधेयकबारे भन्नुभयो– ‘यसको उद्देश्य राजस्व बढाउनु, थाइल्याण्डमा लगानीलाई समर्थन गर्नु र अवैध जुवाको समाधान गर्नु हो।’ संसदमा सांसदहरूले छलफल र मतदान गर्नुअघि यो विधेयक मस्यौदाका लागि राज्य परिषद्को कार्यालयमा जानेछ र यो प्रक्रियाका लागि महिनौँ लाग्नेछ ।
थाइल्याण्डको महत्वपूर्ण पर्यटन उद्योगलाई तहसनहस बनाएको कोभिड–१९ महामारीका अन्त्यसँगै थाइल्याण्डले चिनियाँ र भारतीय यात्रीहरूको लागि भिसा आवश्यकताहरू कटौती गर्नेजस्ता अधिक आगन्तुकलाई आकर्षित गर्न धेरै रणनीति शुरू गरेको छ ।
उपअर्थमन्त्री जुलापुन अमोर्नभिभाटले मनोरञ्जन कम्प्लेक्सले अन्ततः पर्यटकको सङ्ख्यामा ५–१० प्रतिशतले वृद्धि गर्ने र एक लाख ५० सम्म नयाँ रोजगारीको अवसर सिर्जना गर्ने सरकारले विश्वास गरेको छ ।
प्रस्तावित कम्प्लेक्सको लागि स्थान, र तिनीहरूको निर्माणको लागि समय तालिका, घोषणा गरिएको छैन। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल