
मकवानपुर। मकवानपुरको मनहरीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं. ६ नयाँबस्ती बस्ने अन्दाजी दुई वर्षीय बालिका पूजा थिङको मृत्यु भएको हो ।
मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना१क ९२५० नंको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
बसको ठक्करबाट गम्भीर घाइते थिङलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक मकवानपुर मनहरी गाउँपालिका–७ बिजौनाका चन्द्रबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी