+

रुखबाट लडेर महिलाको मृत्यु

दाङ   रुखबाट लडेर तुलसीपुर–१३ बखरियाकी एक महिलाको मृत्यु भएको छ । शनिबार बेलुका घर नजिकैको जङ्गलमा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको उहाँकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिनुभयो । 

बेलुका ७ बजेतिर स्याउला काट्न भनी जङ्गल गएकी शितली अबेरसम्म घर नआएपछि परिवार र छिमेकी जङ्गल खोज्न जाँदा घाइते अवस्थामा फेला पारेको थियो । 

उहाँको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट