
काठमाडौँ । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उहाँको स्थानमा प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डे सिफारिस हुनु भएको छ ।
वर्तमान महासचिव गौतमले आइतबार राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएपछि प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डेको नाम महासचिवका लागि सिफारिस भएको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पाण्डेको नाम महासचिवमा सिफारिस गर्नुभएको हो ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’