
नेपालकैरन
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भूकम्प प्रभावित जिल्ला बझाङ जानु हुने भएको छ । बझाङ केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्पका कारण भएको क्षतिको स्थलगत अबलोकन गर्न तथा प्रभावितहरुको उद्धार, राहत र पुनस्र्थापनको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रधामन्त्री प्रचण्ड बझाङ जाने कार्यक्रम तय भएको उहाँको सचिवालय जनाएको छ ।
यस अघि आजै बिहान सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्कालै राहत वितरण कार्य शुरु गर्न सबै सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएउनु भएको थियो ।
‘‘गत मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय