
काठमाडौँ । स्पेनले भेनेजुएलाका विपक्षी नेतालाई शरण दिने भएको छ ।
भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहेका भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ।
राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनको विरोध गर्ने गोन्जालेज उरुटियाले अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म जारी जारी गरिएको पत्राचारलाई बेवास्ता गर्नुभएको थियो भने उहाँ स्पेनी सेनाको एक विमानमार्फत् स्पेन पुग्नुभएको बताइएको छ ।
यसअघि, सोमबार नै म्याड्रिडका विदेशमन्त्री जोसे म्यानुएल अल्बरेसले उरुटियाले युरोपेली देशमा राजनीतिक शरणका लागि अनुरोध गरेको र स्पेनले उहाँलाई त्यो अनुमति दिने बताउनुभएको थियो ।
भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको बताउँदै उहाँले विपक्षी नेता स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी