
पर्सा । पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउनको लागि रोक लगाएको छ ।
प्रशासनले अत्यधिक चर्को स्वरमा बजाइने डिजे र लाउड स्पिकर लगायतले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रण गर्न लागेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको भदौ २१ गते बसेको बैठकले सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक र्याली, जुलुश, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसवाजी गर्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्सामा चर्को आवाज र आतिसवाजी गर्ने जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिने बताउनुभएको छ ।
उहाँले सूचनाको बर्खिलाप हुने गरी त्यस्ता कार्यहरु गरेमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी