
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य र कोशी प्रदेश पार्टी पदाधिकारीको परामर्श बैठक शुरु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ रामपुमा एकदिने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक शुरु भएको हो ।
आजको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा भएको माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले बताउनुभयो । बैठकमा पार्टीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि उपस्थित हुनुहुन्छ ।
पार्टीको एकदिने परामर्श बैठकमा सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेश राईले जानकारी दिनुभयो ।
प्रदेशका पार्टी पदाधिकारीसहित पार्टीभित्र रहेका भ्रम चिर्न र पार्टी कार्यकर्तालाई गोलबन्द बनाउन बैठकले जोड दिने नेता गजुरेलले बताउनुभयो । बैठक आज साँझ सम्पन्न हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी