
पर्वत । नेपाली समुदायमा यस वर्षका चाडपर्व शुरु हुन थालेका छन् ।
चाडपर्वका बेला माटाका भाँडा तथा अन्य सामग्रीको माग अन्य समयभन्दा बढी हुने गरे पनि पछिल्ला केही वर्षदेखि पर्याप्त माटोका भाँडा बनाउने प्रचलन लोप हुँदै गएको छ । मेहनत गरेर माटोका भाँडावर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको हो ।
सीप र परिश्रम अनुसार ज्याला नउठ्ने, बजारमा प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा माटाका भाँडा बनाउने पेसा हराउँदै गएको कुश्मा नगरपालिका–८ का स्थानीय बुधे कुमालले बताउनुभयो ।
विसं २०४२÷४३ देखि कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न गाह्रो हुन थालेपछि विकल्पमा अन्य काम गर्न थालिएको उहाँको भनाइ छ ।
विकल्प खोजेसँगै माटाका भाँडामा कुमालहरुले भर्ने कलात्मक बुट्टा तथा सिर्जनात्मक सीप लोप हुँदै गएको ९१ वर्षीय बुधेले बताउनुभयो । जीजुबाजेका पालादेखि माटोका हुण्डा, घैँटो, गलौँसा, आरी, ठेकी, दियो, पाला, भुड्कालगायत भाँडाकुँडा बनाउँदै आइएकामा पछिल्ले समय पुस्तान्तरण हुन नसक्नु, बजार माग कम हुनु लगायत कारणले पेशा लोप हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँहरुको सीप र कला भोलिको पुस्ताले जीवित राख्ने कुरामा शङ्का रहेको बुधेको भनाइ छ । ‘परिश्रम धेरै गर्नुपर्ने हुन्छ, परिश्रम अनुसारको मूल्य नपाइने भएकाले बाउबाजेको पेसा धान्न मुस्किल परेको छ’ भीमबहादुर कुमालले भन्नुभयो ।
माटाका भाँडा बनाउन माँझमेलाबाट ल्याइएको कालो चाम्रो माटो, खरेहा फलामखानीको रातो माटो र कालीगण्डकीबाट ल्याइएको बालुवा मुछेर, कुटेर चाम्रो बनाई थमारेर औडी बनाइ पोल्ने गरिएको उहाँले बताउनुभयो ।
‘औँडीका लागि सुकेका दाउरा, गुइँठा, हाडेउन्यू समेतको जोहो गर्नुपर्ने हुन्छ’ कुश्मा–८ का ८० वर्षीय चन्द्रबहादुर कुमालले भन्नुभयो– ‘अहिलेको पुस्ताले यस्तो दुःख गर्न छाडिसकेका छन् । त्यसैले हाम्रो पुख्र्यौली पेशा सङ्कटमा छ ।’
तत्कालीन समयमा कुमालहरुले बनाएका माटाका भाँडा भोटबाट आएकाहरुले बास बसेर किनेर लग्ने गर्दथे । माटाका भाँडा स्थानीय गाउँघरमा केही मात्रामा बिक्री भए पनि ठूलो बजारमा माग नभएको चन्द्रबहादुरले बताउनुभयो ।
परिवारको सङ्ख्या बढेसँगै माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न कठिन हुन थालेपछि पछिल्लो पुस्ताले यसको विकल्प रोज्न थालेका भीमबहादुर कुमालले बताउनुभयो । नयाँ पुस्तामा सीपको कमी, बजार माग नहुनु, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले पेसा सङ्कटमा पेसा लोप हुँदै गएको उहाँको भनाइ छ ।
पछिल्लो समय वैदेशिक रोजगारप्रति स्थानीय कुमाल समुदाय आकर्षित हुँदै गएकाले भाँडा बनाउने पेसासँगै उनीहरुको सीप, कला पनि लोप हुँदै गएको थानीय हरि न्यौपानेले बताउनुभयो । पुराना कला, संस्कृति र पेसाको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पर्वतको सदरमुकाम कुश्मा र दक्षिण पर्वतको विहादी गाउँपालिकाका रानीपानी र बर्राचौरमा कुमाल समुदायको बसोबास रहेको छ । विहादीमा पनि यो पेसा लोप भइसकेको न्यौपानेले जानकारी दिनुभयो । पुस्ता हस्तान्तरसँगै युवालाई स्वरोजगार बनाउन स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी