
चितवन । नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्याएका १ सय ७१ जनालाई सम्मान गर्ने भएको छ ।
तीन विधामा विभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । चितवन कांग्रेसका सभापति राजेश्वर खनालका अनुसार चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित ६ जनालाई बिशिष्ट सम्मान गर्न लागिएको हो ।
बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका १ सय २५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिनुभयो ।
पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान कार्यक्रम गर्न लागिएको हो ।
यसअघि नेपाली कांग्रेस चितवनले गत वर्ष बिपी जयन्तीमा कांग्रेस नेता डा शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो वर्ष बिपी जयन्तीका अवसरमा पार्टी सभापति शेरवहादुर देउवाको उपस्थितिमा १ सय ८३ जनालाई सम्मान गरेको थियो ।
खनालले भन्नुभयो– ‘पार्टीमा बिशिष्ठ योगदान पुर्याएकाहरुलाई सम्मान गरेर उहाँहरुमा ऊर्जा थप्ने काम गरेका छौँ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी