
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मौजुदा केन्द्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गरेको छ । यही भदौ १९ र २० गते काठमाडौँमा पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी वैशाख २६ गते केन्द्रीय महाधिवशेन आयोजना र त्यसका लागि कात्तिक मसान्तभित्र सदस्यता अभियान सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले संविधान संशोधनका लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाको सङ्कलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताका अधिकार कायम गराउन सबै दलसँग सहकार्यका लागि अपिल गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।
लोसपाले संविधान संशोधनको एजेण्डा तय गर्न वरिष्ठ नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने गरी तीन सदस्यीय कार्यदल बनाएको छ ।
बैठकले बृहत राजनीतिक शाक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शाक्तिलाई पार्टीमा गोलबन्द हुन आह्वानसमेत गरेको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को परिणाम खस्किदै गइरहेकामा चिन्ता व्यक्त गर्दै लोसपाले विषयगत शिक्षकको आभाव र समय सापेक्ष पाठ्यक्रम नभएका कारण नतिजा खस्केको निष्कर्ष निकालेको छ । पार्टीले विषयगत शिक्षकको नियुक्ति तथा समय सापेक्ष सीपमुलक पाठ्यक्रमको निर्माण गर्न सरकारसँग माग गरेको छ ।
मधेस प्रदेशलगायत अन्य जिल्लामा बालिनाली सुक्खाग्रस्त भएकाले किसानलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । लोसपाले ऊखु किसानले हालसम्म नेपाल सरकारबाट पाउनुपर्ने अनुदान प्राप्त गर्न नसकेकाले तत्काल अनुदान निकासको लागि माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक