
गण्डकी । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीज सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुग्नेगरी मनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्ने, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने, सामाजिक, धार्मिक परम्परालाई दिगो बनाउने गरी तीज मनाउन प्रदेश सरकारको तर्फबाट अपिल गर्दछु’ उहाँको सन्देशमा भनिएको छ ।
हरितालिका तीज एक सनातन सांस्कृतिक पर्वका रुपमा नेपाली महिलाले मनाउँदै आउनुभएको भन्दै मुख्यमन्त्री पाण्डेले ‘यस पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै परिवारको सुख, स्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ’ भन्नुभएको छ ।
हरितालिका तीजले समाजमा विद्यमान विभेद र सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणमा सबैलाई प्रेरित गर्न सकोस् भन्ने मुख्यमन्त्रीले कामना गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी