
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीज पर्वले मुलुकको संस्कार र संस्कृति संरक्षणमा सहयोग पुगेको बताउनुभएको छ ।
ऊर्जा मन्त्रालयलमा आज आयोजित तीज कार्यक्रममा मन्त्री खड्काले महिलाका पीर र वेदनालाई पोख्ने पर्वका रुपमा मनाइँदै आएको तीजले पछिल्लो समय समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
मन्त्री खड्काले विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति भएको मुलुकलाई एक सुत्रमा बाँध्न यस्ता चाडपर्वले विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तीज पर्वलाई परिवारजनसँगको भेटको चाडपर्वका रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव सुरेश आचार्य लगायतले सांस्कृतिक पर्व तीजले सबैलाई एकताबद्ध बनाएर अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश