
काठमाडौँ । काठमाडौँमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुँदैछ । बौद्धस्थित तारागाउँ म्युजियममा शुक्रबार हुन लागेको प्रदर्शनीमा १० विदेशी कलाकार र १२ नेपाली कलाकारले सिर्जना गरेका चित्रकला एक साथ देख्न सकिन्छ ।
प्रदर्शनीका संयोजक एवं कलाकार रोशन प्रधानका अनुसार कलाले सम्बन्ध सुमधुर र प्रगाढ बनाउन मद्दत गर्ने हुँदा विदेशी कलाकारको सहभागितामा जोड दिएको बताउनुभयो । भारत, अमेरिका, कोरिया, जापान, फिलिपिन्स, थाइल्यान्ड र भूटानका कलाकार सहभागी हुन लागेको प्रधानले जानकारी दिनुभयो ।
‘कला प्रदर्शनी र पर्यटन प्रवद्र्धन दुवै उद्देश्य एकसाथ पूरा हुन्छ’ उहाँले भन्नुभयो– ‘विदेशी कलाकार घुमफिर गरेसँगै यहाँको सांस्कृतिक र प्राकृतिक दृश्यसमेत कलामा उतार्न सघाउ पुग्छ ।’ अन्तर्राष्ट्रिय रुपमा चित्रकला प्रदर्शनी नेपालमा गर्दा उहाँले एउटा नेपाली कला संस्कृतिको प्रवद्र्धन हुनुको साथै पर्यटनको आर्कषण बढाउन सकिने उहाँले बताउनुभयो ।
प्रदर्शनीमा कलाकारले आ–आफ्नो दृष्टिकोण र सिर्जना क्यानभासमा प्रस्तुत गर्नुहुनेछ । प्रदर्शनीमा विधाता केसी, प्रतिमा माखिम, कपिलमणि दीक्षित, मनिषलाल श्रेष्ठ, प्रधुम्न श्रेष्ठ, डा प्रकाश किशोर, पृथ्वी श्रेष्ठ, रोशन भण्डारी, रोशन मिश्र, डा सुबोध सागर ढकाल लगायतका चित्र राखिने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश