
काभ्रे । पाँचखाल नगरपालिकाले मनसुनमा वर्षा तथा अन्य विपद्का कारण जोखिमयुक्त घरपरिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ ।
नगरस्थित विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण मध्यनजर गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । नगरले बस्नै नहुनेगरी क्षति पुगेका परिवारलाई ५० हजार रुपैयाँ तथा मर्मतसम्भार तथा संरक्षण गर्नुपर्ने घरका लागि प्रतिपरिवार १५ हजार रुपैयाँराहत उपलब्ध गराउने भएको जनाइएको छ ।
नगरप्रमुख महेश खरेलले प्रत्येक वडाबाट हालसम्मको क्षतिको विवरण मागिएको बताउनुभयो । “क्षतिको विवरणका आधारमा राहत प्रदान गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पहिलो प्राथमिकता बसोबास गर्दै आएको घरमा भएको क्षतिलाई दिइनेछ ।
यस्तै बसोबास गर्दै गरेको जोखिममा परेको घरका संरक्षणलाई दोस्रो प्राथमिकता दिइने छभने खानेपानीको मुहान, ट्याङ्की तथा पाइप लाइन अवरोध भएकाको लागि तत्काल आर्थिक सहयोग व्यवस्थापन गर्ने जनाइएको छ । प्रारम्भिक अनुगमनमा नगरको ८, ११ र १३ नम्बर वडामा अविरल वर्षाले धेरै क्षति पुर्याएको पाइएको छ ।
नगरको अन्य वडाको क्षतिबारे विवरण आएपछि राहत रकम वितरण गरिने खरेलले बताउनुभयो । “हाल त्रिपाल तथा पलाष्टिक दिने काम शुरु गरेका छौँ थप राहत सामग्रीको व्यवस्थापनमा लागेका छौँ”, उहाँले भन्नुभयो । मनसुनको लगातार वर्षाले पाँचखालका विभिन्न कृषि ग्रामीण सडक अवरुद्ध हुँदा दूध तथा तरकारी ढुवानीमा समस्या हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश