+

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

कैलाली । गोदावरी नगरपालिकामा मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

नगरपालिका –१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने २९ वर्षीया कैलाश थापा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । 

 प्रहरका अनुसार शनिबार राति  १ बजेतिर धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना ४ ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा त्यही दिशातर्फ आउँदै गरेको से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा चालकको शरीरमा गम्भीर चोट लागेको थियो । घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । 

त्यही मोटरसाइकल पछाडि सवार धनगढी–२ भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागि अवस्था मध्यम रहेको छ । ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट