+

धरानमा बाढीले बगाउँदा लिम्बूको मृत्यु

धरान । धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो परेको भारी वर्षाका कारण ड्रेनमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साथीसँगै विद्यालयबाट घर फर्कने क्रममा लिम्बूलाई बाढीले बगाएको थियो । 

धरान–११ मङ्गलबारे नजिक डे«नबाट बगाएर धरान–१७ ठकुरीखोलास्थित करिब दुई किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा लिम्बूमृत भेटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट