
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) सँग आज गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राख्नुभयो । ‘सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ’ उहाँले भन्नुभयो– ‘प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।’
सिङ्गारपुर र मलेसिया जस्ता विकसित मुलुकमा समेत सीमित सञ्चारमाध्यम सञ्चालित रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृहकार्य सुरु गरेको जानकारी दिनुभयो । यसै अनुरुप भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित ‘टिकटक प्लेटफर्म’ सञ्चालन गर्ने निर्णय गरेको उहाँको भनाइ थियो । सामाजिक सञ्जाल पछिल्लो समय युवाको रोजगारको केन्द्र बनेकाले प्रतिबन्ध लगाउनु उचित नरहेको मन्त्री गुरुङले बताउनुभयो । यद्यपि आवश्यक नियमन भने जरुरी रहेकाले निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरिएको उहाँको भनाइ छ ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० को दफा ३ मा उल्लेख गरिएको टिकटक प्रयोगकर्ता वा कम्पनीले दर्ता गर्नुपर्ने, दफा ६ अनुुसार प्रयोगकर्ताको प्वाइन्ट अफ कन्ट्याक (सम्पर्क केन्द्र) तोक्नुपर्ने लगायत सर्त पालना गर्नुपर्छ । मन्त्री गुरुङले टिकटक प्रतिनिधिलाई ‘पर्यटन प्रवद्र्धन’, ‘डिजिटल सेक्युरिट’, ‘डिजिटल लिट्रेसी’, ‘पब्लिक एजुकेसन’का लागि सहयोग गर्नुपर्ने प्रस्तावमा सहमति भएको बताउनुभयो ।
‘सामाजिक दूरभावना फैल्याउने अश्लील, अमर्यादित खालका विषयभित्र रहेका शब्द, वाक्यको अङ्ग्रेजी, नेपाली, नेपाल राष्ट्र भाषाहरुमा समेत ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्नुपर्छ भनेका छौँ’ उहाँले भन्नुभयो– ‘यसले झन्डै दुई/तीन सय युवाले रोजगार पाउँछन् भने व्यवस्थित समाजिक सञ्जाल बन्न सघाउँछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो