
ललितपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज आयोजित शाखा अधिकृतहरुको ३८औँ आधारभूत प्रशासन प्रशिक्षण दीक्षान्त समारोहमा उहाँले राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
‘लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गर्न पाउनु महत्वपूर्ण उपलब्धि हो, यसले यहाँहरुलाई अवसर मात्रै दिएको हैन, सामाजिक उत्तरदायित्व र जिम्मेवारी पनि दिएको हो, यसलाई आत्मसात् गरेर नागरिकमैत्री सेवा दिनुहुनेछ भन्ने विश्वास छ’ मन्त्री गुप्ताले भन्नुभयो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने तालिमलाई अझ गुणस्तरीय बनाउन पहल गर्ने उहाँको भनाइ छ ।
मन्त्रालयका सचिव भरतमणि सुवेदीले सेवा प्रवेशको अवसरमा छ महिनासम्म सिकेका सिद्धान्त, कानुन तथा इतिहासलाई नेपालको आवश्यकता र सेवाग्राहीको भावनामा आधारित रहेर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
‘समुन्नत राष्ट्र बनाउनेतिर लाग्नुपर्छ, निजामती सेवाले ठूलो पहिचान दिनेछ, तपाईंको कामले भविष्यको पुस्ताले सम्मान गर्ने वातावरण बनोस्, नागरिकले सम्मान र सन्तुष्टि महशुस गर्ने गरी काम गर्नुहोस्’ उहाँले भन्नुभयो । सचिव सुवेदीले नेपालमा भविष्य छैन भन्ने भाष्यलाई चिर्दै आफ्नो भविष्य बनाउँदै र देशलाई लाभ हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले निजामती कर्मचारीको व्यावसायिक क्षेत्रमा प्रवेश गर्दै गरेका शाखा अधिकृतहरुले ज्ञानलाई सीपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पोखरेल कार्यदक्षता देखाएर काम गर्न आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो