
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ । शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाइएको हो ।
भदौ १६ मा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाउनुभएको हो । सभापति देउवाले मंगलबार र विहीबार (आज) दुई महामन्त्रीको प्रस्ताव परिमार्जनका लागि उपसभापति र महामन्त्रीहरुसँग छलफल गर्नुभएको थियो ।
पार्टी स्रोतका अनुसारका दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन । ‘मुख्यत तीन एजेण्डामा दुई दिनको छलफलमा भएको छ । दुई महामन्त्री पछि नहटेपछि छलफल विना निष्कर्ष टुंगिएजस्तै छ ।’ शीर्ष तहका एक नेताले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न