
काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
गौरा पर्वको अवसरमा टुँडिखेलमा सोमबार आयोजित कार्यक्रमका अतिथी प्रधानमन्त्री ओली र देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका थिए । प्रधानमन्त्री ओली र देउवाविरुद्ध तुच्छ शब्दमा नाराबाजी गर्नेहरु सुर्खेतका बुसद्धराम जैसी, अछामका रामबहादुर बुढा र कन्चनपुरका दीपक सिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिनुभएको छ ।
एसपी अधिकारीका अनुसार जैसी र बुढालाई मंगलबार साँझ र ठगुन्नालाई बुधबार पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेकाहरु उनीविरुद्ध सार्वजनिक शान्ति हितविरुद्धको कसुर अन्तरगत कारबाही तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न