+

एकीकृत समाजवादीमा पोलिटव्यूरोको मतगणना हुँदै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा पोलिटव्यूरोको मतगणना हुँदैछ । 

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारीको मतगणना सकिएपछि पोलिटव्यूरोको मत गन्न थालिएको हो ।  पोलिटव्यूरोको मतगणना अर्पण बैंकट, नयाँँ बानेश्वरमा भइरहेको छ । ३ सय ४४ जना केन्द्रीय सदस्य रहेको एकीकृत समाजवादीमा त्यस मध्येबाट १ सय ५ जना पोलिटव्यूरो हुने व्यवस्था छ । 

मंगलबार भएको मतदानमा  १ सय ५  पोलिटव्यूरोको लागि २ सय २ जनाको उम्मेदवारी परेको छ । पदाधिकारी चयनको लागि गरिएको निर्वाचनमा  ३ सय ४४  मतदान रहे पनि ३ सय २२ मत खसेको छ । खसेको त्यही मतमा पोलिटव्यूरोको मतगणना भइरहेको हो । 

पोलिटव्यूरोको मतगणना गणना हुँदा अर्पण बैंकट र त्यस आपसपासमा चहलपहल बढेको छ । नेता तथा कार्यकर्ताहरु बैंकट वरपरका चिया पसलमा तातो–चिसोको चुस्की लिँदै एक आपसमा केन्द्रीय पदाधिकारी मतपरिणामबारे विभिन्न खाले टिका टिप्पणी गरिरहेका छन् । 

गएको असार तेस्रो साता भएको ा १० औँ महाधिवेशनले एकीकृत समाजवादीको २१ पदाधिकारी मध्ये अध्यक्ष, सम्मानित नेता, महासचिव र ९३ केन्द्रीय सदस्य टुंग्याएको थियो । बाँकी केन्द्रीय सदस्य पछि शीर्ष नेताको सहमतिमा थपेर ३ सय ४४ पुर्याइएको हो । एकीकृत समाजवादीमा मंगलबारको भएको निर्वाचनले थप १८ पदाधिकारी चयन गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट