
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १७ केन्द्रीय पदाधिकारीसहित १ सय ५ पोलिटब्यूरो सदस्य छान्न मतदान भइरहेको छ ।
पार्टीको निर्वाचन आयोगले उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्य पूरा गरेपछि मतदान साँझ ६ बजेदेखि शुरु भएको हो । निर्वाचन प्रक्रियासँगै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध सक्नु भएको छ । त्यस बाहेक अन्य पदका पदाधिकारी चयन गर्न मतदान गरिएको हो ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नुभएको छ । मतदानलगत्तै मतगणना गरी परिणाम आजै रातिसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताजमोहम्मद मियाँले जानकारी दिनुभएको छ ।
सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव गरी १८ पदमा पदाधिकारीसहित बाँकी पोलिटब्यूरो सदस्यका छनोटका लागि निर्वाचन गर्न लागिएको हो । एक सय पाँच पदका लागि भएको निर्वाचनमा करिब दुई सय उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ ।
पार्टीमा ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटीको सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य, विभाग लगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।
एकीकृत समाजवादीमा अध्यक्ष, सम्मानित नेता र महासचिव गरी ३ पदाधिकारी यस अघि नै चयन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न