
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाउनुभएको छ ।
अध्यक्ष दाहालले प्रतिनिधिसभाको आजको बैठकमा वर्तमान सरकार राजनीतिक बलमिच्याइबाट बनेको आरोप लगाउँदै यसअघि विभिन्न आपराधिक काण्डमा मुछिएकालाई जोगाउन र गल्ती कमजोरीलाई ढाकछोप गर्न लागिपरेको भनी आक्रोश व्यक्त गर्नुभयो ।
आफू कसैलाई नैतिकता सम्झाउने पक्षमा नरहेको भन्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भ्रष्ट, बिचौलिया र माफियाको पक्षपोषणमा उद्यत भइरहे सरकारको प्रतिष्ठा आफैँ समाप्त हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सरकार सुशासनसँग तर्सिएर, सुशासनको बेगलाई रोक्न तथा आफू र आफ्नालाई जोगाउन बनेको भनी आरोप लगाउनुभयो । ‘आफ्नो नेतृत्वको यसअघिको सरकारले भुटानी शरणार्थी, बाँसबारी र बालमन्दिर जग्गा प्रकरणलगायत थुप्रै काण्डको सफल छानबिन गरिरहेको अवस्थामा अकस्मात नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले विभिन्न अनियमित घटनाक्रमसहित भ्रष्टाचार काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानविन शुरु गरी सुशासनको रटान लगाउनु हाँस्यास्पद हुने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले सरकारसँग इमान नभएको आरोप लगाउँदै भन्नुभयो– ‘यो किन र कसरी बनेको कसको सरकार हो भन्ने कुरा छर्लङ्ग हुँदैछ, जनता र प्रतिपक्षको सामना गर्न इमान चाहिन्छ, यो सरकारसँग त्यो इमान र नैतिक धरातल छैन ।’
उहाँले वर्तमान सरकारको नियत र गन्तव्यको सुक्ष्म अवलोकनपछि आफू यस किसिमको निष्कर्षमा पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यो सरकार सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ, प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले रचनात्मक खबरदारी नगरे धेरै क्षति हुने देखिएकाले मुलुक र जनताका पक्षमा यसरी बोल्न बाध्य भएको छु ।’
‘अहिले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का साथीहरू आफूमात्र मिल्नुभएको छैन, आफैँले सिध्याउने भनेका जातीय–क्षेत्रीय प्रकृतिका साना दललाई पनि कतै फकाएर, कतै तर्साएर सत्तापक्षको कित्तामा उभ्याउनुभएको छ’ अध्यक्ष दाहालले भन्नुभयो– ‘सङ्ख्यात्मक रूपमा प्रतिपक्षीय बेञ्च सानो भएको बेला सङ्ख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने सत्तापक्षका साथीहरूलाई लागेको हामीले देख्यौँ ।’
प्रमुख प्रतिपक्ष दलका हैसियतले जनतालाई साथमा लिएर अब संसददेखि सडकसम्मको मोर्चा प्रयोग गरी सत्तापक्षलाई खबरदारी र नियन्त्रण गर्न आफ्नो दल सक्रिय रहने उहाँले स्पष्ट गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’