
काठमाडौँ । सांसद रेखा यादवले पछिल्लो समयमा नेपालको शैक्षिक अवस्था खस्किँदै गएकाले समयानुकूल शिक्षा प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो– ‘शिक्षाले दिनदिनै अर्थतन्त्र बदलिँदै गएको देखिन्छ, पछिल्लो समयमा एसइई र १२ कक्षाको परीक्षाफलले अभिभावकमा निराशा छाएको छ ।’ विद्यालयले अभिभावकबाट अनेक बहानामा आवश्यकताभन्दा बढी शुल्क लिइरहेको तर विद्यार्थी परीक्षाको प्रतिफल कमजोर आएको उहाँको भनाइ छ ।
सांसद रामप्रकाश चौधरीले पछिल्लो समयमा बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद चित्रबहादुर केसीले भष्ट्राचारीलाई ५ वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई दिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।’ उहाँले भ्रष्टाचार अन्त्य गर्दै जनतालाई सुशासन दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद प्रेम सुवालले देशभरी भएको सडक दुर्घटना नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । सांसद महेन्द्रकुमार रायले भारतसँगको सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारसँग अनुरोध गर्नुभयो ।
सांसद अच्युतप्रसाद मैनाली र सुशीला थिङले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न