
गुल्मी । गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो ।
परियोजनाद्वारा जोन तथा सुपर जोन कार्यक्रम अन्तर्गत ३२ वडामा क्षेत्र विस्तार गरिएको जिल्लास्थित प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गङ्गा पोख्रेलले जानकारी दिनुभयो । परियोजनाद्वारा जिल्लाको चन्द्रकोट गाउँपालिका–२, ३ र ४, कालीगण्डकी–१ र ४, सत्यवती–८, छत्रकोट–१ र २, रुरुक्षेत्र–४, गुल्मीदरबार गाउँपालिका–१, रेसुङ्गा नगरपालिका–१४ मा सुन्तलाका क्षेत्र विस्तार गरिएको हो ।
त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी–३ र ४ र चन्द्रकोट–६ का तीन वडामा कफीको क्षेत्र विस्तार गरिएको छ । बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिका–५ र ८, मदाने–४ र ७, इस्मा–१ र ३ तथा धुर्कोट–४ र ५ मा क्षेत्र विस्तार गरिएको छ । यसैगरि मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिका–२, ३ र ४, चन्द्रकोट–४, छत्रकोट–३ र ५, गुल्मीदरबार–३ र ४ मा मकैको क्षेत्र विस्तार गरिएको छ । जिल्ला परियोजना कार्यान्वयन एवं समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन इकाई खुमलटारले क्षेत्र विस्तारका स्वीकृति प्रदान गरेको थियो ।
अनुगमन समितिले स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्ति लगायतका मापदण्डलाई क्षेत्र विस्तारका लागि छनोटको मुख्य आधार बनाएको हो ।
तिनै मापदण्डका आधारलाई टेकेर क्षेत्र विस्तार गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताउनुभयो । परियोजनाद्वारा जिल्लाको १२ स्थानीय तहमध्ये मकै जोन कार्यक्रममा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ वडामा कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न