
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मध्यपश्चिम विश्वविद्यालयको १५औँ सभामा उक्त विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गर्नुभएको हो ।
उहाँले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी त्यो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको स्पष्ट गर्नुभयो ।
सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेट लगायतका कार्यसूचीसम्बन्धी प्रस्तावमाथिको छलफलसत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गर्नुभएको थियो । त्यस अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले एक सय ३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न