
काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी चयनको लागि आज निर्वाचन भइरहेको छ ।
गएको असार तेस्रो साता महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादी समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव बाहेक अन्य १८ जना पदाधिकारी चयनको लागि निर्वाचन गराएको हो । एकीकृत समाजवादीले ३ सय ४४ जना केन्द्रीय सदस्य मनोनित रुपमा तोकेको थियो तर केन्द्रीय पदाधिकारीमा पद भन्दा आकांक्षी धेरै भएपछि निर्वाचन गर्न बाध्य भएको हो ।
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध हुनुभएको छ । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । धादिङबाट प्रतिनिधिसभा सदस्य पाण्डे धेरै चोटी मन्त्री बन्नुभएका पाण्डे एक पटक बागमतीको मुख्यमन्त्री समेत भइसक्नु भएको छ ।
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झांक्री जयन्ती राईबीच प्रतिस्पर्धा हुँदैछ । सात उपाध्यक्षमा भानुभक्त जोशी, गंगा तुलाधर, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा र डा विजयकुमार पौडेलसहित ११ जना आकांक्षी छन् । उपाध्यक्षका आकांक्षी मध्ये डा विजयकुमार पौडेल, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा अत्यन्तै विवादित व्यक्ति हुन् । डा विजयकुमार पौडेल सहकारी ठगी प्रकरणमा संलग्न छन् । पौडेल संस्थापक अध्यक्ष रहेको ललितपुरको बालकुमारीस्थित माइलस्टोन सहकारीले बचतकर्ताको १० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको छ । वर्षौदेखि बचतकर्ताको रकम फिर्ता नगरेको त्यो सरकारी अहिले बन्द जस्तै अवस्थामा छन् । जनता टेलिभिजनका अध्यक्ष समेत रहेका पौडेल बचतकर्ताहरुको नजरमा भागाभागको अवस्थामा छन् ।
पौडेल बचतकर्ताहरुसँगको देखभेट छल्न मोबाइल नम्बर फेर्दै कहिले जनता टेलिभिजन र कहिले एकीकृत समाजवादीको कार्यालयमा गरेर लुक्दै आएका छन् । बचतकर्ताहरु रकम फिर्ता माग्ने उदेश्यले भेट्न एकीकृत समाजवादी मुख्यालय आलोकनगर पुग्दा पौडेल जनत टेलिभिजनतिर कुन्छन् । बचतकर्ता जनता टेलिभिजनमा पुग्दा पौडेल एकीकृत समाजवादीको कार्यालय पुगेर आफ्नो कार्यकक्षको ढोका थुनेर लुक्ने गरेका छन् ।
त्यस्तै उपाध्यक्षका अर्का आकांक्षी प्रकाश ज्वाला यसअघि मन्त्री हुँदा ग्वार्कोमा भएको गोली काण्डको कारण विवादित भएका छन् । अर्का आकांक्षी जगन्नाथ खतिवडा पनि पछिल्लो समय विभिन्न प्रकरणमा मुछिएर विवादित भएका छन् ।
एकीकृत समाजवादीमा ४ उपमहासचिवको लागि राजेन्द्र राई, मेटमणि चौधरी, नागेन्द्र चौधरी, जीवनराम श्रेष्ठ, लक्ष्मण केसी र घनेन्द्र केसीसहित १६ प्रतिस्पर्धी छन् ।
केन्द्रीय सचिवमा सोमप्रसाद पाण्डेय र रामकुमार भट्टराईसहित थुप्रै आकांक्षी चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सकिएपछि आजै दिउँसो २ बजेदेखि मतदान शुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभएको छ ।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।
आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटव्यूरो सदस्य चयन गरिने छ । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटव्यूरो चयन गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न