
मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको दुई वटा मार्ग सञ्चालनमा आएका छन् । आज अपराह्न परेको पानीका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडकखण्ड सञ्चालनमा आएको हो ।
सडक माथिबाट लेदो पहिरो झरेका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुर भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित कान्तिलोकपथ वर्षाका कारण लेदो पहिरो खसी अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको थियो ।
बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र ‘फास्ट ट्र्याक’सँग समन्वय गरी पहिरो पन्छाउने काम गरिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
यस्तै, कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नं ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथिबाट लेदो पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न