+

ओली र देउवाविरुद्ध टुँडिखेलमा चर्को नाराबाजी, देउवाले भने-लाज छैन ?

काठमाडौँ । राजधानीको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी भएको छ । 

कार्यक्रममा सहभागी हुन टुँडिखेल पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरूद्ध उग्र नाराबाजी भएपछि उहाँहरु एकैछिनमा कार्यक्रम स्थलबाट बाहिरिनुभएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्न मञ्चतर्फ गइरहेका सभापति देउवाविरूद्ध दर्शकदिर्घाले चर्को नारा लगाए । दर्शकदिर्घाले देउवाविरूद्ध ‘देश छोड’को नारा लगाएका थिए ।

विरोधकाबीच सम्बोधन गर्दै सभापति देउवाले ‘यही हो संस्कृती, लाज छैन’, भन्दै दर्शकलाई हकार्दै भन्नुभयो, ‘तपाईंहरू जति बोले पनि बोल्नेवाला छु । जति गरेनी गर्नुस् । जति कराउन मन छ कराउनुस् ।’ ‘लाज पनि छैन क्या हो । ....लाज नभएकाहरू.....लाज छैन । यही नेपालको संस्कृति हो । यही हो चलन, बदमासहरू ।’ यसरी हप्काउँदै सम्बोधन गरेपछि उहाँ मञ्चबाट बाहिरिनुभयो । 

कांग्रेस सभापति देउवा भन्दा अगाडि भाषण गर्न मञ्चमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि सहभागीहरुले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि उहाँ छोटो छिटो मन्तव्य सकेर कार्यक्रम स्थलबाट बाहिरिनुभएको थियो ।  मञ्चमा कांग्रेस सभापति देउवासँगै रहनुभएका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भयो । आयोजकले शान्ति कायम राख्ने आग्रह गरे पनि दर्शकहरुले खैलाबैला मच्चाए ।

यो दृश्य नियालिरहेका प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’ प्रधानमन्त्रीले यसो भनिरहँदा अवस्था झनै बिथोलियो । नारावाजी गर्ने समूह झनै उग्र भयो र अमर्यादित नाराबाजी गर्न थाल्यो । त्यसपछि प्रधानमन्त्री ओली कार्यक्रम स्थलबाट तुरुन्तै बाहिरिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट