
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौँ सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताउनुभएको छ ।
गौरापर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभयो ।
‘हामीसँग अनेकौँ साँस्कृतिक विविधता र मौलिक संस्कृति छन् । त्यसलाई बिर्सिने होइनन, विश्वव्यापी बनाउने हो’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सुदूरपश्चिम क्षेत्र नेपालको सभ्यताको उद्गमस्थल रहेकोसमेत उल्लेख गर्नुहुँदै त्यहाँको संस्कार शैली र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्न सक्नुपर्ने बताउनुभयो ।
त्यही अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्व सुदूरपश्चिम र कर्णालीको मौलिक चाँड रहेको बताउँदै यसले एकता र भातृत्वको सन्देश दिएको बताउनुभयो ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौरापर्वले आत्मअनुशासन, मर्यादा, सद्भाव र आत्मियताको सन्देश बोकेको बताउँदै सबैले त्यसलाई व्यवहारमा पनि त्यो देखाउन सक्नुपर्ने बताउनुभयो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सुदूरपश्चिम क्षेत्रमा निकै सम्मान र आत्मियताका साथ गौरापर्व मनाउने गरेको उल्लेख गर्दै राष्ट्रिय एकता र सद्भावका लागि यो पर्वले भूमिका खेल्ने बताउनुभयो ।
मुलुकका हरेक चाडवाड र पर्वहरूले राष्ट्रियता एकतालाई अझ मजबुद बनाउने उहाँको भनाइ छ । पूर्वउपप्रधानमन्त्री डा भीमबहादुर रावलले गौरापर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सुख, शान्ति, समृद्धिको कामना गर्नुभयो ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वमा भगवान् शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । राजधानीमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले आज टुँडिखेलमा गौरापर्व मनाएका छन् ।
त्यस अवसरमा टुँडिखेलमा सुदूरपश्चिम र कर्णाली क्षेत्रका मौलिक नाँचगान गरी पर्व मनाइएको हो । डेउडा खेलेर, फाग तथा धमारी गाएर गौरा मनाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न