
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी बैठकमा पदाधिकारी चयनबारे छलफल भइरहेको छ ।
एकीकृत समाजवादीमा पदाधिकारी चयन सहमतिबाटै गर्ने कि चुनावै गराउने भन्ने छलफल छ।
केही नेताहरूले नेतृत्व सहमतिबाट टुंग्याएकाले बाँकी पदाधिकारी पनि सर्वसम्मत नै टुंग्याउनुपर्ने राय राखेका छन्। तर पदाधिकारीको आकांक्षी धेरै भएकाले चुनाव नै उत्तम विधि हुन सक्ने तर्क पनि केही नेताहरूको छ।
यसबारे अहिले प्रदेशका पदाधिकारीसँग पनि राय लिइने काम भएरहेको छ ।
एकीकृत समाजवादीमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ। जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल महाधिवेशनको हलबाट निर्वाचित हुनुभएको थियो । बाँकी १८ पदाधिकारी यो बैठकबाट चयन गर्ने एकीकृत समाजवादीले तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न