
रामेछाप । दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा गएरातिको पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित भएका करिब एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो ।
आज घटनास्थल पुग्नुभएका ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिनुभएको थियो । पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राज्यमन्त्रीद्वारा जनही रु १०/१० हजार प्रदान गर्नुभएको थियो ।
घटनामा परी सोही स्थानकी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो भने ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी थिइन् । घाइतेको श्रेष्ठको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने पनि मन्त्री तामाङले घोषणा गर्नुभयो ।
पहिरामा परी सोही वडाका ५५ वर्षका काले पहरी, ५० वर्षका झाइपुरी पहरी ६५ वर्षीया पुड्की पहरी र २१ वर्षीया बिन्दा पहरी हराइरहेको र उनीहरूको खोजतलास भइरहेको दोरम्बा शैलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न