
कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ ।
पोखरामा आजदेखी सुरू भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उहाँले पार्टीमा अब कुनै पनि विभाजन नआउने र विगतमा विभाजित भएकाहरू समेत एकै ठाउँमा केन्द्रित हुने उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामी पार्टीमा विवाद भएकाले तपाईहरूसँग आएका होइनौँ । पार्टीलाई थप गतिशील र सुदृढ बनाउने योजनाअनुसार कुरा सुन्न आएका हौँ । हाम्रो पार्टी पूर्ण रूपमा एकताबद्ध छ, कसैले फूटाउन सक्दैन बरु फुटेर गएका शक्तिलाई एकताबद्ध गरिनेछ ।” पार्टीको नेतृत्वमा बनेको सरकारले विकास, समृद्धि र सुशासनका लागि धेरै काम गरेको बताउनुहुँदै पूर्वप्रधानमन्त्री दाहालले ती कामको जनतामा प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।
यही भदौ १० गतेसम्म सञ्चालन हुने बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको सहभागितामा परामर्श बैठक बसेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीले आफ्नो भनाइ राख्नुभएको थियो ।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल तथा सचिवहरू शक्तिबहादुर बस्नेत, दीननाथ शर्मालगायत पार्टीका केन्द्रीय पदाधिकारीको उपस्थिति रहेको छ ।
माओवादी केन्द्रको गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीका लागि केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बीचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो । बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि परामर्श हुने प्रदेश अध्यक्ष गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न