
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सहकारी पीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् । मोरङको विराटनगर घर भएका शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले राससलाई जानकारी दिनुभयो ।
मृतक चतुर्वेदी गोकर्णेश्वर–८ अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।
चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए । उनले त्यहीँ रहेको कान्ति भैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ । चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्ति भैरव पीडित सङ्घर्ष समितिका सदस्य राजेशकुमार विष्टले राससलाई जानकारी दिनुभयो । “उनले खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए, उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए”, उहाँले भन्नुभयो । चतुर्वेदीले उक्त सहकारीमा रु २५ लाख बचत गरेको र सो बचत रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको पीडित सङ्घर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दैआएका सदस्य विष्टले बताउनुभयो ।
(रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न