
सप्तरी । सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । त्यो भवन निर्माण नहुँदा वर्षेनी किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा २०७५ पुसमा शीतभण्डार निर्माण कार्य शुरु भएको थियो । तीन हजार मेट्रिक टन क्षमता भएको सहकारी शीतभण्डार निर्माण समयमै निर्माण सम्पन्न नहुँका जिल्लाका किसान मारमा परेका छन् । करिब २८ करोड रुपैयाँ लागतको शीतभण्डार निर्माण कार्य २०७८ सालदेखि रोकिएको छ ।
बजेट अभावका कारण शीतभण्डार निर्माण कार्य बीचमै रोकिएको जिल्ला सहकारी सङ्घ सप्तरीका प्रबन्धक रमेशप्रसाद गुप्ताले जानकारी दिनुभयो । शीतभण्डार निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारबाट ६ करोड ३६ लाख रुपैयाँ उपलब्ध भएको उहाँले बताउनुभयो । ‘सङ्घीय सरकारले १० करोड ७५ लाख उपलबध गराउन बाँकी नै छ, रकम अभावले निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्न छाडेको छ ।’
स्वीकृत कार्यक्रमअनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग थप बजेट उपलब्ध गराउन पटक पटक माग गर्दैआएको प्रबन्धक गुप्ता बताउनुहुन्छ । त्यस अन्तर्गत नवलपरासी र सप्तरीमा एकसाथ सहकारी शीतभण्डार निर्माण थालिएको हो । नवलपरासीमा भने यसअघि नै शीतभण्डार निर्माण भएर प्रयोगमा समेत आइसकेको उहाँको भनाइ छ । सङ्घीय सरकारको ६० प्रतिशत अनुदान, सङ्घ संस्थाहरुको २० प्रतिशत तथा स्थानीय र प्रदेश सरकारको २० प्रतिशत अनुदानमा डेढ कट्ठा जग्गामा त्यो शीतभण्डार निर्माण गर्न थालिएको हो ।
शीतभण्डार अभावले केरा, आँप, आलु, प्याज, लसुनलगायत उत्पादन खेर जाने गरेको छ । किसानले जिल्ला बाहेक अन्य ठाउँमा लगेर आफ्नो उत्पादन बिक्री गर्न सकिरहेका छैनन् । “शीतभण्डार नहुँदा उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ, बिक्री नहुँदा उत्पादन त्यसै खेर जाने गरेको किसानको गुनासो छ”, प्रबन्धक गुप्ताले भन्नुभयो । बेमौसममा भने किसानले तरकारी र फलफूल महङ्गोमा किनेर खान बाध्य भएका उहाँको भनाइ छ ।
स्थानीय किसानले उत्पादन गरेको फलफूल र तरकारी सहकारीमार्फत् शीतभण्डारमा भण्डारण गर्ने योजनाका साथ सो शीतभण्डार निर्माण कार्य अघि बढाइएको प्रबन्धक गुप्ता बताउनुहुन्छ । ‘अहिले उत्पान खेर गइरहेको छ, सुरक्षित साथ राख्न सकिएको छैन’ उहाँले भन्नुभयो– ‘शीतभण्डारको सुविधा भएको खण्डमा बिक्री गर्न नसकिएको तरकारी र फलफूल लामो समयसम्म राख्न सकिन्छ, किसानले अत्यधिक लाभ लिनसक्ने अवस्था बन्थ्यो ।!
प्रबन्धक गुप्ताका अनुसार मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ मा सहकारी शीतभण्डार निर्माणका रु आठ करोड बजेट विनियोजन गरेको छ । तर हालसम्म सो रकम भने प्राप्न हुन नसकेको उहाँको भनाइ छ । चाडो निर्माण कार्य सुरु गर्नुपर्नेमा जोड दिदै उहाँले जिल्लाका जिल्लामा उत्पादित कृषि उपज भण्डार गर्न शीतभण्डार नभइ नहुने प्रबन्धक गुप्ता बताउनुहुन्छ ।
शीतभण्डार निर्माणको जिम्मा पाएको शर्मा आशिष ओम साइराम, सानोठिमीले बजेट अभावकै कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएको जनाएको छ । ‘यसअघि काम गरेको ३ करोड ५७ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ’ त्यो निर्माण कम्पनीका प्रतिनिधि सञ्जयकुमार मिश्रले भन्नुभयो । आर्थिक वर्ष २०७७/७८ मा काम गरेको बील पेश गरेपनि त्यसको सुनवाइ नभएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’