
गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ ।
प्रदूषण बढेकाले ल्यान्डफिल साइट नजिकै रहेको विद्यालय भवनका कोठामा पठनपाठन गर्न असहज बनेपछि परिसरभन्दा केही माथि रहेको राधाकृष्ण मन्दिरमा विद्यार्थीलाई राखेर पठनपाठन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभएको छ । विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म २८ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।
प्रदूषण बढेपछि करिब एक महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिनुभयो । प्रदूषणका कारण विद्यार्थीमा स्वास्थ्य समस्या पनि बढ्दै जान थालेको उहाँको भनाइ छ ।
ल्यान्डफिल साइट नजिकै भएकाले दिनानुदिन प्रदूषण बढ्दै जाँदा गुरुकुलका विद्यार्थीसँगै राधाकृष्ण ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ४५ जना ज्येष्ठ नागरिक पनि समस्यामा परिरहेका राधाकृष्ण मन्दिर सञ्चालक समितिका सचिव घनश्याम खनालले बताउनुभयो । मन्दिरअघिको साँघुरो बाटोबाट फोहर ल्याएका सवारीसाधन जाने आउने गर्दा ज्येष्ठ नागरिक एवम् विद्यार्थीलाई हिँड्डुल गर्न समस्या परिरहेको उहाँले उल्लेख गर्नुभयो ।
बढ्दो प्रदूषणका सम्बन्धमा गुनासो आएसँगै महानगरपालिकाबाट फोहरलाई व्यवस्थित रुपमा माटोले पुर्ने काम थालिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुभयो । फोहर व्यवस्थापनको काम भइरहे पनि गर्मी र बर्सातको समय भएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न