
काभ्रे । पहिरोका कारण अवरुद्ध भएको काभ्रेको भुम्लु गाउँपालिका ८ बन्देउडाँडास्थित अरनिको राजमार्ग खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार आज बिहान ४ः२० बजेबाट सडक अवरुद्ध भएको थियो ।
सुक्खा पहिरोसहितको रुख ढालेर राजमार्ग अवरुद्ध भएको थियो। अवरुद्ध भएको सडक खुलाउन प्रहरीटोली र स्थानीय खटिएका थिए । अहिले सडक दुईतर्फी खुलेको प्रहरीले जनाएको छ ।
जिरोकिलो–मेलम्ची सडकखण्ड पनि खुल्यो
त्यस्तै, पहिरोका कारण अवरुद्ध भएको काभ्रेको पाँचखाल ४ फेदीस्थित जिरोकिलो–मेलम्ची सडकखण्ड पनि खुलेको छ । माथिबाट पहिरो आई जिरोकिलो मेलम्ची सडकखण्ड दुईतर्फी रूपमा बन्द भएको थियो । उक्त स्थानमा प्रहरी टोली, स्थानीय निकाय र सडक विभागको समन्वयमा सडक दुईतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न